त्रिसट्ठी वर्षीया सौतेनी आमा बलात्कार गर्ने इलामका २३ वर्षीय व्यक्तिलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।
जिल्ला न्यायाधीश हरिशचन्द्र इङ्गनामको इजलासले यही चैत १२ गते ती व्यक्तिविरुद्ध जन्मकैदसहित ६० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार फणिन्द्र भट्टराईले जानकारी दिए।
वि.सं २०७७ भदौ ७ गते राति भान्साघरमा सुतिरहेकी आमालाई उनले भित्रबाट लगाएको ढोकाको चुकुल खोलेर भित्र पसी बलात्कार गरेको पाइएको भट्टराईले बताए।
भदौ ८ गते पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। त्यसपछि ती व्यक्तिलाई भदौ १० गते प्रहरीले गिरफ्तार गरेको थियो भने भदौ ८ गते इलाम अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको थियो। रासस
3
Shares
प्रतिक्रिया