ad ad

समाज


स्वस्थ रहने र आयु लामो बनाउने रहस्य : सुत्ने बेला गर्नैपर्ने एउटा काम

स्वस्थ रहने र आयु लामो बनाउने रहस्य : सुत्ने बेला गर्नैपर्ने एउटा काम

नेपालखबर
चैत १६, २०७७ सोमबार ११:३२,

अमेरिकाका वैज्ञानिकले स्वस्थ रहने र आयु लामो बनाउने रहस्य बताएका छन्।

उनीहरूका अनुसार रातमा सुत्नुभन्दा पहिले आफ्नो क्रोधको अन्त्य गर्नुपर्छ। झगडा भुलेर दिमाग शान्त पारेर सुत्ने हो भने मानिस स्वस्थ र आयु लामो हुन्छ।

अमेरिकाको अरेगन स्टेट युनिर्भिसिटीका वैज्ञानिकले हालै गरेको अध्ययनले यस्तो दाबी गरेको हो।

झगडा हुँदा त्यही दिन भुल्न जरुरी छ ताकि त्यसको असर अर्काे दिन नपरोस्।

अनुसन्धानअनुसार यदि तपाईं दिनको अन्त्यसम्म झगडा समाधान गर्नुहुन्छ भने अर्काे दिनसम्म त्यसको असर रहन पाउँदैन। यदि तपाईं आफ्नो दिमागमा नकारात्मक कुरा हावी हुनबाट रोक्नुहुन्छ तब तपाईं मानसिक रूपमा स्वस्थ रहन सक्नुहुन्छ। यसको उल्टो यदि तपाईंको दिमागमा नकारात्मक कुरा घुसे भने त्यसले तनाव बढाउँछ र जसको असर पूरै शरीरमा पर्छ।

नकारात्मक कुरा भुल्नेमा वृद्ध अगाडि
यो अनुसन्धान २०२२ मानिसमा गरिएको थियो। जसमा ३३ वर्षदेखि ८४ वर्षसम्मका मानिस सहभागी थिए। ८ दिनसम्म हरेकलाई आफ्ना अनुभूति र अनुभवबारे सोधिएको थियो। त्यस क्रममा अनुसन्धान टोलीले के पत्ता लगायो भने औसतमा ४५ वर्षसम्मका तुलनामा वृद्ध उमेरका मानिसले नकारात्मक कुरा चाँडो बिर्सने प्रयास गर्दारहेछन्।

तनाव घटाउने प्रयास जरुरी
अनुसन्धानकर्ता रोबोर्ट ताभस्की भन्छन्, ‘हरेक मानिसले कुनै न कुनै तनावको सामना गर्नुपर्ने हुन्छ र यसलाई पूरै रोक्न सकिन्न। तर केही हदसम्म यसलाई केही कम गर्ने प्रयास गर्न सकिन्छ, ताकि स्वस्थ रहन सकियोस्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .