ad ad

समाज


‘जातीय विभेदको जड दण्डहिनता’

‘जातीय विभेदको जड दण्डहिनता’

नेपालखबर
चैत ८, २०७७ आइतबार ११:१३,

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाजले दण्डहिनताको अन्त्य र सामाजिक न्यायको प्रत्याभूतिका लागि दबाबस्वरुप काठमाडौंको बौद्धमा प्रदर्शन गरेको छ।

‘दलित अधिकार–मानव अधिकार, सबैका लागि सबै अधिकार, जातीय विभेद अपराध हो, छुवाछुत अन्त्य गरौँ, मानव अधिकार रक्षा गरौँ’ लगायत नारा लेखिएका प्लेकार्डसहित समाजले प्रदर्शन गरेको हो।

प्रदर्शनमा प्रदेश सभा सांसदद्वय कल्पना नेपाली र छिरिङ दोर्जे लामा, दलित विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजु सुनार, अधिकारकर्मीहरु होमकान्त चौलागाई, उत्तम पुडासैनी, रामकृष्ण बराल, कुमारराज सुवेदी, नानीकाजी गिरी र ईश्वर पुडासैनीले मन्तव्य व्यक्त गरेका थिए।

यसैगरी मानव अधिकार तथा शान्ति समाज रुपन्देही, राष्ट्रिय दलित पत्रकार संघ रुपन्देही, जागरण मिडिया सेन्टर, परियार सेवा समाज, सृजनशिल सहयात्री समाज वुटवलद्वारा वुटवलमा आयोजित ‘विभेद कहिलेसम्म?’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले स्थानीय निकायहरुलाई जबाफदेही बनाउन प्रभावकारी तवरले दबाबमूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले सामाजिक न्यायको प्रत्याभुतिका लागि शान्ति समाजले स्थापना कालदेखि नै दलित अधिकार मानव अधिकार भन्दै अभियानरत रहेको चर्चा गरेका थिए।

यसैगरी जातीय विभेद उन्मुलन दिवसकै सन्दर्भमा मानव अधिकार तथा शान्ति समाज दाङ शाखाद्वारा तुलसीपुरमा ‘सबै मिलि जातीय छुवाछूत अन्त्य गरौँ’ भन्ने विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मी यज्ञ विकले कार्यपत्र प्रस्तुत गरेका थिए।

सन् १९६० को मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिलेमा प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा गोली चलाउँदा ६९ जनाको मृत्यु भएको थियो। प्रत्येक वर्ष मार्च २१ का दिन जातीय विभेद उन्मुलनका लागि अन्तराष्ट्रिय दिवस मनाइन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .