ad ad

समाज


लामखुट्टे मार्न म्याद गुज्रेको विषादी छरेपछि बिरामी पर्न थाले गाउँले

लामखुट्टे मार्न म्याद गुज्रेको विषादी छरेपछि बिरामी पर्न थाले गाउँले

शैलेन्द्र महतो
चैत ८, २०७७ आइतबार १०:६,

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ५ मा लामखुट्टे मार्न छरेको म्याद गुज्रिएको विषादीले गाउँले बिरामी पर्न थालेका छन्।

केही दिनअघि वडा कार्यालयले वडा नं ५ को पर्सा, पतैली, चौरिया र विसनपुर गाउँमा ‘रिवाइल’ नामक लामखुट्टे नियन्त्रण गर्ने विषादी छरेपछि स्थानीय बिरामी पर्न थालेका हुन्।

विशेषगरी बालबालिकामा रुने, जिउ चिलाउने, वान्ता हुने, जिउ फुल्नेजस्ता समस्या देखिएको स्थानीय स्वास्थ्यकर्मी सरोज चौधरीले बताए।

स्थानीय शत्रुध्न शर्माका अनुसार लामखुट्टेको विषादी छर्किएको केही घण्टा नबित्दै मानिसमा जिउ चिलाउने, ज्वरो आउने, बालबच्चा रुने समस्याले गाउँलेमा त्रास फैलिएको छ।

यता, वडा नं. ५ का वडाध्यक्ष राकेश राउतले लामखुट्टेको विषादीका कारण समस्या नआएको दाबी गरे। म्याद गुज्रिएको औषधि छर्किनुका कारण समस्या नभई आवश्यक मात्राभन्दा बढी प्रयोग गरिएकोले समस्या आएको हुनसक्ने उनको तर्क छ।

विषादीको प्याकेटमा उत्पादन मिति सेप्टेम्बर २०१८ लेखिएको छ र त्यसको दुई वर्षसम्म प्रयोग गर्न सकिने उल्लेख छ। यसअनुसार उक्त विषादीको प्रयोग सेप्टेम्बर २०२० सम्ममा भइसक्नुपर्ने हो। गर्मी बढेसँगै पछिल्लो समय तराई मधेशमा लामखुट्टे आतंक बढेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .