ad ad

समाज


कोरोनाविरुद्धको खोप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोभिड–१९ को संक्रमण

कोरोनाविरुद्धको खोप लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई कोभिड–१९ को संक्रमण

नेपालखबर
चैत ७, २०७७ शनिबार १०:१४,

पाकिस्तानी स्वास्थ्यमन्त्री फैजल सुल्तानले खानलाई कोरोना संक्रमण भएको  र उनी निवासमै आइसोलेसनमा बसेको जानकारी दिएका छन्।

गत बिहीबार मात्रै प्रधानमन्त्री खानले कोरोना भाइरसविरुद्धको चिनियाँ खोपको पहिलो खेप लिएका थिए।

पाकिस्तानका स्वास्थ्य मन्त्रालयका अनुसार ६८ वर्षका खान खोप लगाएको दुई दिनपछि नै कोरोना संक्रमित बनेका हुन्।

खान पछिल्लो समय धेरै बैठकहरुमा मास्क बिनै सहभागी पनि भएको बताइएको छ।

पाकिस्तानमा हालसम्म चीनका दुई खोप सिनोफार्म र कानसिनोबायोको खोप, अक्सफोर्ड–अस्ट्राजेनिकाको खोप र रुसको स्पुतनिक भी खोपले प्रयोगका लागि स्वीकृति प्राप्त गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .