ad ad

समाज


भारतमा कोरोनाको प्रभाव फेरि बढ्दै, एकैदिन झण्डै ४१ हजार संक्रमित थपिए

भारतमा कोरोनाको प्रभाव फेरि बढ्दै, एकैदिन झण्डै ४१ हजार संक्रमित थपिए

नेपालखबर
चैत ७, २०७७ शनिबार ९:१३,

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४० हजार ९५३ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा २३ हजार ६५३ जना सङ्क्रमण मुक्त भएका छन्। सङ्क्रमणमुक्त भएकाहरुको भन्दा थप सङ्क्रमितहरुको सङ्ख्या झण्डै दोब्बर भएकाले महामारी थप फैलिदै गएको देखिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल एक करोड १५ लाख ५५ हजार २८४ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ।

ती मध्ये दुई लाख ८८ हजार ३९४ जना अझै पनि सङ्क्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक लाख ५९ हजार ५५८ जनाको मृत्यु भएको छ।

ती मध्ये १८८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो। कोरोना भाइरसबाट महाराष्ट्र प्रदेश सवैभन्दा बढी प्रभावित भएको छ।

महाराष्ट्रमा मात्रै पछिल्लो २४ घण्टामा १३ हजार ६०१ जना सङ्क्रमित भएका छन्। सोही अवधिमा ५८ जनाको मृत्यु भएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .