ad ad

समाज


फोन र इन्टरनेट सेवा बन्द कस्मिरमा मानिसहरु कसरी टाढासम्म संचार गर्छन्?

फोन र इन्टरनेट सेवा बन्द कस्मिरमा मानिसहरु कसरी टाढासम्म संचार गर्छन्?

नेपालखबर
साउन २६, २०७६ आइतबार ८:८,

यस निर्णयबाट रुष्ट बनेका कस्मिरीबाट हुने हिंस्रक प्रदर्शन मध्यनजर गर्दै सरकारले त्यहाँ सुरुवातदेखि कर्फ्यू लगाएको छ।

कर्फ्यू आइतबार सातौं दिन पनि जारी रहेको जनाइएको छ। त्यहाँ फोन र इन्टरनेट सेवा बन्द गरिएका छन्।

यस्तो अवस्थामा त्यहाँका नागरिकहरु नजिकका सँग त व्यक्तिगत रुपमा कुराकानी गर्न सक्छन्। तर उनीहरु टाढासम्म कसरी कुराकानी गरिरहेका होलान् र आफ्ना हालखबर सुनाइरहेका होलान्?

टेलिफोन र इन्टरनेट बिना टाढासम्म संचार गर्न निकै कठिन हुने गर्दछ।

भारतीय संचारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार कस्मिरका जनता यतिबेला अपरिचित व्यक्तिहरुको सहायतामा टाढासम्म संचार गरिरहेका छन्। उनीहरुको हालखबर बुझिरहेका छन्।

एयरपोर्ट, बसपार्क आउजाउ गर्ने व्यक्तिमार्फत् कस्मिरीहरु आफ्ना आफन्तलाई आफ्नो अवस्थाबारे जानकारी गराउने गरेको बताइएको छ।

Image result for kashmir buspark

यो पनिः कस्मिरमा विशाल प्रदर्शन, सुरक्षाकर्मीद्वारा गोलीको वर्षा

यस्तै कस्मिरी जनताले संचारमाध्यमका गाडीहरु समेत कुर्ने गरेको समाचारमा जनाइएको छ। संचारमाध्यमको गाडी देख्नेवित्तिकै मानिसहरु आफूले भोगिरहेको अनुभवका बारेमा संसारलाई बताउन उनीहरु आतुर भएको उल्लेख गरिएको छ।

सरकारका अनुसार मानिसहरुको सुविधाका लागि जम्मु कस्मिरमा ३ सयवटा टेलिफोन सेवा संचालनमा ल्याइएको छ। तर उक्त सेवाबाट भने कस्मिरी जनता बेखबर छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .