ad ad

समाज


ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ४० करोडको क्षति

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीबाट ४० करोडको क्षति

नेपालखबर
फागुन २०, २०७७ बिहिबार ७:४२,

ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ।

क्षतिको आधिकारिक विवरण संकलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९ बराबरको क्षति भएको विवरण तयार गरेको हो।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको हो। सबैभन्दा बढी नेपाल टेलिकमको टावरसहितका संरचना जल्दा रु एक करोड बराबरको क्षति भएको आङ्देम्बेले बताए।

आगलागीले ठूलो परिमाणमा क्षति पुगेकाले क्षतिको विवरण तयार गर्न निकै समय लागेको थियो। आगलागीपछि क्षतिको विवरणमा जुटेको कार्यदलले गएको मध्यरातमा मात्र क्षतिको विवरण तयार गरेको थियो। मंगलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए।

यसैबीच आगलागी क्षेत्रको अवलोकन र राहत वितरणका लागि प्रदेश १ का मुख्यमन्त्रीसहितको टोली आउने कार्यक्रम स्थगित भएको छ।

यसअघि आज बिहान आउने कार्यक्रम तय भए पनि विराटनगरबाट स्थलमार्ग हुँदै पठाइएको राहत सामग्री आगलागी क्षेत्रमा पुगिनसकेकाले बिहान हुने अवलोकन तथा राहत वितरण कार्यक्रम स्थगित भएको मुख्यमन्त्री राईका प्रमुख स्वकीय सचिव नवराज राईले जानकारी दिए।

उनका अनुसार राहत सामग्री आगलागी क्षेत्रमा पुगेपछि मात्रै मुख्यमन्त्रीको टोली आउने कार्यक्रम रहेको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .