ad ad

समाज


सशस्त्रद्वारा लाखौं रुपैयाँका अवैध मूर्ति बरामद

सशस्त्रद्वारा लाखौं रुपैयाँका अवैध मूर्ति बरामद

प्रकाश न्यौपाने
फागुन १८, २०७७ मंगलबार ११:२०,

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीले भन्सार छली अवैध रुपमा नेपाल भित्र्याइएका लाखौं रुपैयाँ मूल्य बराबरका मूर्ति बरामद गरेको छ।

सशस्त्रले मंगलबार दिउँसो नेपाल–भारत सिमावर्ती भैरहवाको बालापुर गाउँबाट लाखौं रुपैयाँ मूल्यको मूर्ति, कपडा, भाँडासहित एउटा पिकअप बलेनो गाडी बरामद गरेको हो।

सशस्त्रले लु १ ज ३५४९ नम्बरको बलेरो पिकअप गाडीबाट धातुबाट बनेका सानाठूला ३५ थान त्रिशुलसहित ६ सय ३७ थान मूर्ति, ४०८ पिस जेन्स सट, १०६ पिस लेडिज टाउजर, ६३ पिस स्टीलका पन्यू बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले बताए।

बरामद भएका ती सामानको बजार मूल्य ९ लाख ४२ हजार रुपैयाँ भन्दा बढी छ। यस्तै, उक्त अवैध सामान ओसारपसारमा प्रयोग भएको गाडीको मूल्य करिव १३ लाख रुपैयाँ कायम गरिएको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक शोभाकान्त खनाल नेतृत्वको टोलीले उक्त अवैध सामान बरामद गरेको थियो। विभिन्न समयमा भन्सार छलेर नेपाल भित्र्याइएका ती मूर्ति पटक–पटक गरी जम्मा गरेर मंगलबार अन्यत्र लैजाँदै गरेको हुनसक्ने खनियाँले जनाए।

यसबारे थप खोजी भइरहेको सशस्त्रले जनाएको छ। सशस्त्रले बरामद गरेका सबै सामान र गाडी मंगलबारै भैरहवा भन्सार कार्यालयमा पठाएको छ।

सशस्त्र प्रहरीले गएको एक महिनामा रुपन्देहीका विभिन्न ठाउँबाट करिव ८७ लाख रुपैयाँ मूल्यका भन्सार छली नेपाल भित्र्याइएका अवैध सामान बरामद गरेर भैरहवा भन्सार कार्यालय बुझाएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .