ad ad

समाज


हाइटीको जेलबाट २०० भागे, भाग्ने क्रममा झडप हुँदा २५ को मृत्यु

हाइटीको जेलबाट २०० भागे, भाग्ने क्रममा झडप हुँदा २५ को मृत्यु

नेपालखबर
फागुन १५, २०७७ शनिबार १०:५४,

भाग्ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ। मृत्यु हुनेमा जेलका निर्देशक समेत रहेको सञ्चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए।

जेलमा झण्डै ४०० कैदी रहेका थिए। “घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ। तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने।

राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरुको मृत्यु भएको पनि उनले बताएका छन्।

झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै रहेका छन्। उनीहरुलाई भाग्न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए।

जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरु भाग्न नसकेको बताइएको छ।

हाइटीमा जेल तोडफोड, कैदीहरु भाग्ने तथा उनीहरुको झडपमा मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .