ad ad

समाज


भारतमा खेतमा घाँस काट्न गएका ३ दिदीबहिनी बेहोस भेटिए, २ जनाको मृत्यु, घटना रहस्यमय

भारतमा खेतमा घाँस काट्न गएका ३ दिदीबहिनी बेहोस भेटिए, २ जनाको मृत्यु, घटना रहस्यमय

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १०:३०,

भारतको उन्नाव जिल्लामा बुधबार साँझ त्यतिबेला हंगामा मच्चियो जतिबेला तीन किशोरी खेतमा बेहोस फेला परे। जसमध्ये २ जनाको मृत्यु भइसकेको छ भने एक जनाको उपचार भइरहेको छ।

उन्नावका पुलिस अधिक्षक सुरेशरावज कुलकर्णीले बीबीसी हिन्दीसँग भनेका छन्, ‘यो असोहा थाना क्षेत्रको घटना हो। तीन केटी आफ्नो खेतमा बेहोसी अवस्थामा भेटिएका थिए र तीनै जनाको हात बाँधिएका थिए। उनीहरूलाई अस्पताल पठाइयो, जसमध्ये २ जनाको मृत्यु भयो, एक जनाको उपचार जारी छ।’

उनका अनुसार प्रारम्भिक अनुसन्धानले ती तीन किशोरी खेतमा घाँस काट्न गएको पाइएको छ। उनीहरूलाई विष खुवाइएको कुरा आइरहेको छ। घटनास्थलमा फिँज आदि पनि फेला परेका छन्। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

ती तीन दिदीबहिनीमध्ये दुई एकै आमाका र अर्की काकाकी छोरी रहेको बताइएको छ।

तीनमध्ये दुई साक्खै बहिनीका भाइ विशालले कानपुरका पत्रकार रविसँग भनेका छन्, ‘तीनै जना घाँस लिन गएका थिए, जब उनीहरू घर फर्केनन्, तब खोजी सुरु गरियो। तीनै जना खेतमा बेहोस अवस्थामा भेटिए, कपडाले हात बाँधिएको थियो। तीनमध्ये दुई मेरा दिदी हुन्, अर्की एक जना काकाकी छोरी। हाम्रो कसैसँग दुश्मनी पनि छैन।’

बाँचेकी एक किशोरीको अवस्था पनि निकै गम्भीर रहेको उपचारमा संलग्न उन्नाव जिल्ला अस्पताल पुरुषका सीएमएस डाक्टर बीबी भट्टले बताएका छन्।

उनका अनुसार अस्पताल ल्याउँदा तीनै जनाको मुखबाट फिँज आइरहेको थियो। उनले भने, ‘उनीहरूले विष खाएजस्तो देखिन्थ्यो।’

उनीहरू आफैंले विष खाए वा कसैले दिए भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .