ad ad

समाज


चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको देखिँदैनः डब्लूएचओ

चिनियाँ प्रयोगशालाबाट कोरोना भाइरस फैलिएको देखिँदैनः डब्लूएचओ

नेपालखबर
माघ २८, २०७७ बुधबार ६:०,

तर हालै कोरोनाको उद्गमस्थल चीनको हुपेइ प्रान्तको वुहान शहर पुगेका डब्लूएचओका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना प्रयोगशालाबाट फैलिएको देखिँदैन।

डब्लूएचओको टोलीको नेतृत्व गर्दै चीन पुगेका डाक्टर पिटर बेन इमबारेकका अनुसार कोरोना वुहानको प्रयोगशालाबाट फैलिएको देखिँदैन, त्यसको सम्भावना अत्यन्तै कम छ।

उनले कोरोनाको स्रोत पत्ता लगाउन अझ बृहत अनुसन्धान गरिनुपर्ने बताए। अब वैज्ञानिक अनुसन्धान दक्षिणपूर्वी एसियामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।

वैज्ञानिकहरुले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको आशंका गरेका छन्। यसअघि वैज्ञानिकले सालक, चमेराजस्ता जीवको शरीरमा कोरोना देखेपछि यस्तै जीवबाट कोरोना फैलिएको हुनसक्ने बताएका थिए।

कोरोनाको पहिलो संक्रमित वुहानमा देखिएपनि वुहानमै कोरोना उत्पत्ति नभएको चिनियाँ वैज्ञानिकहरु बताउँछन्।

चीनको स्वास्थ्य आयोगकका वैज्ञानिक लियाङ वाननियानका अनुसार वुहानभन्दा पहिल्यै अन्य क्षेत्रमा कोरोनाको उत्पत्ति भएको हुनसक्छ।

Image result for peter ben embarekडाक्टर पिटर बेन इमबारेक

फ्रोजन खानामार्फत कोरोना फैलिएको पनि आशंका गरिएको छ। वुहानको माछा बजारदेखि कोरोना व्यापक रुपमा फैलिएको थियो।

अमेरिकी अधिकारीहरुले चीनले कोरोना भाइरस प्रयोगशालामा बनाएको तथा प्रयोगशालाबाट यस भाइरस विश्वभर फैलिएको आरोप लगाउँदै आएका थिए।

यसबीचमा डब्लूएचओले प्रयोगशालाबाट कोरोना फैलिएको नदेखिएको बताएको थियो। अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले कोरोनाको जानकारी लुकाएका कारण यो विश्वव्यापी बनेको आरोप लगाएका थिए।

तर चीनले आफूले कोरोनाको खतराबारे सुरुवातमै जानकारी दिएको बताउँदै आएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .