ad ad

समाज


काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ

काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ

नेपालखबर
माघ १५, २०७७ बिहिबार ६:१८,

काठमाडौँको मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक युवा पक्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मनमैजुबाट चोरीको मोटरसाइकलसहित एक युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोटको सूर्यगढी गाउँपालिका–४ घर भई हाल तारकेश्‍वर नगरपालिका–८, जरंखु बस्ने वर्ष ३३ को विष्णु तामाङ रहेका महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए।

तामाङले वास्तविक नम्वर प्लेट परिवर्तन गरी प्रदेश ३–०२–००८ प ७८७२ नम्बरको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
उक्त मोटरसाइकलको वास्तविक नं. प्रदेश ३–०२–०१२ प ६८३६ रहेको प्रहरीले जनाएको छ।

उक्त मोटरसाइकल काठमाडौँ टोखा नगरपालिका–८ बस्ने राजेन्द्र पाण्डेको रहेको र उनदले हराएको महाशाखामा निवेदन दिएका थिए।

महाशाखाले उक्त मोटरसाइकलसहित चोरीमा संलग्न उक्त व्यक्तिलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .