दक्षिण ह्वानगे प्रान्तबाट उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाइएको छ।
आफ्नो असन्तुष्टीबीच सोमबारदेखि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरु गरेपछि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरको हो।
यो क्षेप्यास्त्र परीक्षण दुई हप्ता भन्दा कम समयको अवधिमा चौथौं क्षेप्यास्त्र परीक्षण हो।
अमेरिका र दक्षिण गरिरहेको संयुक्त सैन्य अभ्यासको विरुद्धमा तथा चेतावनी स्वरुप उत्तरले क्षेप्यास्त्र परीक्षण गरेको अनुमान गरिएको छ।
अमेरिका र दक्षिणले सैन्य अभ्यास गर्ने तय भएदेखि उत्तरले त्यसको विरोध गर्दै आएको थियो।
सोमबार अगाडिसम्म उत्तरले तीनपटक क्षेप्यास्त्र परीक्षण गर्दासमेत अमेरिकाले उत्तर कोरिया खतरा नभएको बताउँदै आएको थियो।
उत्तरले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई युद्धको तयारीको संज्ञा दिएको छ।
हाल अमेरिका र उत्तर कोरिया शान्ति वार्ताको संघारमा छन्। यस सैन्य अभ्यासले शान्ति वार्ताको बाटो बन्द हुने उत्तरको भनाइ छ। एजेन्सी
प्रतिक्रिया