ad ad

समाज


नयाँ अनुसन्धान भन्छ : कोरोना भाइरस अन्य अंगमा भन्दा हजार गुणा बढी मस्तिष्कमा पुग्दारहेछन् !

नयाँ अनुसन्धान भन्छ : कोरोना भाइरस अन्य अंगमा भन्दा हजार गुणा बढी मस्तिष्कमा पुग्दारहेछन् !

नेपालखबर
माघ ९, २०७७ शुक्रबार ८:५४,

कोरोना भाइरसबाट विश्वमा अहिलेसम्म ९ करोड ८० लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् भने यीमध्ये २१ लाखभन्दा बढी संक्रमितको मृत्यु भइसकेको छ।

अहिले धेरैजसो देशमा कोरोना महामारी निकै मत्थर भइसकेको छ तर पनि यसको खतरा यथावत् छ। किनकि यो नयाँ किसिमको भाइरस भएकाले यसबारे वैज्ञानिकले अझै सबै कुरा पत्ता लगाइसकेका छैनन्। यसैकारण विश्वका वैज्ञानिकले कोरोनाबारेका अध्ययन/अनुसन्धान निरन्तर गरिरहेका छन्।

यसै क्रममा हालै गरिएको एक अनुसन्धानले कोरोना भाइरसले संक्रमितको फोक्सोमा भन्दा बढी मस्तिष्कमा क्षति पुर्‍याउने तथ्य पत्ता लगाएको छ। यो अनुसन्धान मुसामा गरिएको थियो। जसको नतिजा ‘भाइरस’ नामको पत्रिकामा पनि प्रकाशित छ।

rate

वास्तवमा यस अध्ययनमा कोरोनाबाट संक्रमित मुसाका धेरै अंगमा भाइरसको मात्राको आकलन गरिएको थियो। अनुसन्धान टोलीले के पत्ता लगायो भने संक्रमितको मुसाको फोक्सोमा कोरोना भाइरसको मात्रा संक्रमणको तीन दिनपछि चरम अवस्थामा देखियो र त्यसपछि फेरि घट्न थाल्यो। तर पाँचौं र छैठौं दिनमा संक्रमित सबै मुसाको मस्तिष्कमा संक्रामक भाइरसको मात्रा उच्च स्तरमा पाइयो। यस्तो त्यतिबेला हुन्छ, जतिबेला गम्भीर बिरामीको लक्षण स्पष्ट देखिन्छ। यस लक्षणमा सास लिन गाह्रो हुने, भ्रम पैदा हुने तथा कमजोर महसुस हुने थिए।

fokso

जर्जिया स्टेट युनिभर्सिटीका सहायक प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता मुकेशकुमार भन्छन्, ‘हाम्रो सोच छ– यो (कोरोना संक्रमण) साससँग सम्बन्धित रोग हो, तर यो नै सत्य होइन। एकपटक जब यसले मस्तिष्कमा संक्रमण गर्छ, तब यसले शरीरका कुनै पनि अंगलाई असर पार्न सक्छ। किनकि मस्तिष्कले तपाईंका फोक्सो, मुटु सबै अंगलाई नियन्त्रण गर्छ। मस्तिष्क एकदमै संवेदनशील अंग हो। यो शरीर सञ्चालन गर्ने केन्द्र हो।

यस अध्ययनबाट के पत्ता लाग्यो भने मस्तिष्कमा भाइरसको मात्रा शरीरका अन्य अंगका तुलनामा हजार गुणा बढी थियो। अध्ययनअनुसार भाइरस मुखभन्दा नाकबाट छिटो मस्तिष्कसम्म पुग्छन् र ठूलो क्षति पुर्‍याउन  सक्छन्।

यसअघि भएका धेरै अनुसन्धानले पनि कोरोना भाइरसले फोक्सो सँगसँगै मस्तिष्कमा पनि गम्भीर असर पुर्याउने दाबी गरिसकेका छन्।

विशेषज्ञ भन्छन्, ‘कोरोना संक्रमणका कारण मस्तिष्कको आयु ५ वर्षसम्म कम हुन सक्ने देखिन्छ। यसले शरीरका अन्य पनि धेरै क्षति गराउन सक्छ।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .