आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउँदै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
नेपाल प्रहरीको अपराध महाशाखाले संखुवासभाको पाँचखाल गाउँपालिका–५, खमारे घर भई हाल काठमाडौंको मित्रपार्क बस्ने ६० वर्षीय तुलसी थापालाई पक्राउ गरेको हो। उनलाई दरबारमार्गबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।
उनले एक व्यक्तिलाई आफू अमेरिका जाँदा ५ वर्षको मल्टिप्रपोज भिसामा लैजाने झुटो आश्वासन दिएर १५ लाख रुपैयाँ ठगी गरेको आरोप छ। अन्य व्यक्ति पनि उनीबाट ठगीएको आशंकामा प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको छ।
महाशाखाले थप अनुसन्धानका लागि महानगरीय प्हरी परिसर काठमाडौं पठाएको छ।
3
Shares
प्रतिक्रिया