ad ad

समाज


स्वास्थ्य परीक्षणका लागि लगिएका थुनुवा अस्पतालको झ्याल फोरेर फरार

स्वास्थ्य परीक्षणका लागि लगिएका थुनुवा अस्पतालको झ्याल फोरेर फरार

नेपालखबर
साउन २०, २०७६ सोमबार ७:५,

लागु औषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन्। अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शंकर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन्।

बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएको थियो।

बिर्तामोडस्थित कनकाई अस्पताल पु¥याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए।

‘लागुऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागुऔषधको परीक्षण गर्न अस्पताल पु¥याइएकामा त्यहाँबाटै भागेछ’ ‘प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘उनकोे खोजीकार्य शुरु गरिएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .