ad ad

समाज


पत्नीको हत्या गरेर फरार भएका युवा मृत फेला, आत्महत्या गरेको आशंका

पत्नीको हत्या गरेर फरार भएका युवा मृत फेला, आत्महत्या गरेको आशंका

नेपालखबर
पुस २३, २०७७ बिहिबार ३:४२,

आफ्नै श्रीमतीको बञ्चरो प्रहार गरी हत्या गरेर फरार भएका पाँचथरका एक व्यक्तिको शव झुण्डिएको अवस्थामा फेला परेको छ।

पाँचथरको हिलिहाङ–५ सुभाङका ३२ वर्षीय धनकुमार उभरकोटीको शव घरबाट करिब तीन किलोमिटर पूर्व जङ्गलमा झुण्डिएको अवस्थामा फेला परेको हो।

गत पुस ९ गते मध्यरातमा उनले श्रीमती ३० वर्षीया दुर्गादेवी उभरकोटीको टाउकोमा बञ्चरो प्रहार गरी हत्या गरेका प्रहरीले जनाएको छ। हत्या पश्चात् फरार रहेका उनी बुधबार गाउँकै जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

पात्ले (कटुस)को रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डिएको अवस्था स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

शव गन्हाउने भएकाले करिब एक हप्ताअघि नै उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयवासीले अनुमान गरेका छन् । फिदिमस्थित पाँचथर जिल्ला अस्पतालमा शव परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .