ad ad

समाज


मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ, अरुको खोजी हुँदै

मोटरसाइकल चोरी गर्ने गिरोहका चार जना पक्राउ, अरुको खोजी हुँदै

नेपालखबर
पुस २३, २०७७ बिहिबार ०:२०,

जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरेको छ।

चोरीका मोटरसाइकल बिक्री गर्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर पक्राउ परेकालाई सार्वजनिक गरिएको छ।

पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–८ का २८ वर्षीय वसन्तकुमार गुरुङ, वडा नम्बर ९ का २१ वर्षीय मेलोन सुनार, वडा नं. ११ का १८ वर्षीय शिव विक र गोर्खाको भीमसेन थापा गाउँपालिका ५ घर भई भरतपुर–८ बस्ने ३७ वर्षीय नवराज श्रेष्ठ रहेका छन्।

उनीहरुलाई प्रहरीले चोरीका तीन थान पल्सर मोटरसाइकल र एक थान स्कुटरसहित पक्राउ गरेको हो । उनीहरु जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको एसपी गुरुङले जानकारी दिए। ‘उनीहरुलाई घरमा राखिएका सवारीसाधन चोरी गरेर नम्बर प्लेट फेरेर बिक्री गर्दै गर्दा पक्राउ गरिएको हो,’ गुरुङले भने।

मोटरसाइकल चोरी गर्ने गिरोहका अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।। पक्राउ परेकालाई मुलुकी अपराध संहिता २०७४ परिच्छेद २० दफा २४२ को उपदफा २ बमोजिम तीन वर्ष कैद र ३० हजारसम्म जरिवाना मागसहित अदालतमा मुद्दा दर्ता गरिएको गुरुङले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .