ad ad

समाज


चितवनमा ९० जनाले गरे प्लाज्मा दान

चितवनमा ९० जनाले गरे प्लाज्मा दान

नेपालखबर
पुस २१, २०७७ मंगलबार १३:३६,

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सञ्चालन गरेको कोरोना प्लाज्मा बैंकले चितवनसहितका जिल्लामा प्लाज्मा उपलब्ध गराउँदै आएको छ। केन्द्रले काठमाडौँ, भैरहवा र कपिलवस्तु जिल्लामा प्लाज्मा पठाइसकेको छ ।

बैंंकमा हालसम्म ९० जनाले प्लाज्मा दान गरेका छन्। तीमध्ये पाँच महिला र ८५ पुरुष रहेका छन्।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार संकलित प्लाज्मा ‘ओ’ पोजेटिभ ३५, ‘ए’ पोजेटिभ २५, ‘एबी’ पोजेटिभ १०, ‘बी’ पोजेटिभ २५ र ‘एबी’ नेगेटिभ एकजनाले प्लाज्मा दान गरेका थिए। संकलित प्लाज्मामध्ये सबैभन्दा धेरै पुरानो मेडिकल कलेजमा ३९ वटा पठाइएको उनले जानकारी दिए। यस्तै भरतपुर अस्पतालमा १३, चितवन मेडिकल कलेजमा सात र नारायणी सामुदायिक अस्पतालमा आठवटा प्लाज्मा पठाइएको केन्द्रले जनाएको छ।

काठमाडौँमा तीन, कपिलवस्तु र बुटवलमा एक÷एकवटा प्लाज्मा थेरापीका लागि संकलित प्लाज्मा पठाइएको हो। पौडेलका अनुसार अहिले केन्द्रमा १८ वटा प्लाज्मा रहेको छ। केन्द्रले चितवनको भण्डारा, भरतपुर, नारायणगढ र नवलपरासीको कावासोतीबाट प्लाज्मा संकलन गरेको हो।

केन्द्रमा आएर पाँच जनाले प्लाज्मा दिएको पौडेलले जानकारी दिए। नेपाली कांग्रेस र चेम्बर अफ कमर्सले चितवन र नवलपरासीमा कार्यक्रमकोे आयोजना गरी प्लाज्मा संकलन गर्न सहयोग पु¥याएका थिए। कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी बिधिबाट उपचार गर्ने गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .