ad ad

समाज


कोटेश्वर चोकमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

कोटेश्वर चोकमा एकाबिहानै पेस्तोल देखाएर लुटपाटको प्रयास

नेपालखबर
पुस १९, २०७७ आइतबार ५:२६,

काठमाडौँको कोटेश्वरमा एक युवामाथि कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ।

काठमाडौँ महानगरपालिका ३२ कोटेश्वरमा चोकको सडकखण्डमा आइतबार बिहान साढे ६ बजेकटुवा पेस्तोल देखाएर युवामागिथ लुटपाटको प्रयास भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) प्रमेश विष्टले जनाकारी दिए।

कटुवा पेस्तोल बोकेका एक व्यक्तिले भक्तपुर बस्ने सिन्धुलीका ३० वर्षीय युवराज आलेमगरलाई लुटपाटको प्रयास गरेको र प्रतिवाद गने क्रममा पेस्तोल छाडेर भागेको प्रवक्ता विष्टले बताए।

लुटपाट गर्न खोज्ने व्यक्ति पेस्तोल छाडेर भागेपछि युवराजले प्रहरीमा खबर गरेको र खबर पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

‘युवराज आलेमगरले आफूमाथि पेस्तोल ताकेर मोवाइल लगायतका सामग्री लुटपाटको प्रयास गरेको र सो क्रममा आफूले प्रतिवाद गर्दा पेस्तोल भुइँमा खसेपछि छाडेर भागेको बताउनुभएको छ’, डीएसपी विष्टले नेपालखबरसँग भने।

 उनले युवराजको भनाइ र बरामद भएको पेस्तोलका आधारमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए।

‘घटनाका विषयमा अहिले थप  अनुसन्धान भइरहेको छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .