उखु किसानलाई भुक्तानी नदिएको आरोप लागेका लुम्बिनी चिनी उद्योग प्रालीका सञ्चालनक मनोज अग्रवाल पक्राउ परेका छन्।
अग्रवाललाई बिहीबार प्रहरीले पर्साबाट पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गंगा पन्तले अग्रवाललाई पक्राउ गरेको जानकारी दिइन्।
गृह मन्त्रालयले उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई पक्रनका लागि पुर्जी जारी गरेको थियो। पक्राउ पुर्जी जारी भएपछि सञ्चालक अग्रवाल फरार थिए।
एसपी पन्तले केन्द्रको सर्कुलर अनुसार अग्रवाललाई पक्राउ गरेको र उनलाई नवलपरासी (पश्चिम) पठाउने तयारी भइरहेको जानकारी दिइन्।
‘लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाललाई केन्द्रीय सर्कुलरका आाधारमा पक्राउ गरेका छौँ’, एसपी पन्तले भनिन्, ‘उनीविरुद्ध नवलपरासी (पश्चिमम)मा मुद्दा रहेका कारण त्यही पठाउने तयारी भएको छ।’
लुम्बनी उखु मिलले किसानको १० करोड रकम भुक्तानी गर्न बाँकी रहेको छ। मिलले भने आफूले किसानको साढे ८ करोड भुक्तानी दिन बाँकी रहेको बताउँदै आएका छौँ।’
Shares
प्रतिक्रिया