सन् १९७० देखि २००५ को अवधिमा उनले ९३ व्यक्तिहरुको हत्या गरेका थिए। उनले प्राय महिलाहरुको हत्या गरेका थिए।
उनको निशानामा लागूपदार्थमा फसेका व्यक्तिहरु र वेश्यावृत्तिमा लागेमा मानिसहरु पर्थे।
अमेरिकी संचारमाध्यमका अनुसार बुधबार स्याम्युलको लस एन्जलसको अस्पतालमा मृत्यु भएको हो। उनमा मुटुको रोग थियो भने उनी डायबिटिजका पनि पीडित थिए।
दशकौंसम्म उनलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन। सन् २०१४ मा मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो। खासमा उनलाई ५० जनाको हत्या आरोप लागेको थियो।
तर उनले अदालतमा ९३ जनाको हत्या गरेको स्वीकारेका थिए। सन् १९५६ देखि नै उनी अपराधिक कार्यमा संलग्न भएका थिए। एजेन्सी
प्रतिक्रिया