हुम्लाका दुईजना किशोरी साउन १५ गतेदेखि सम्पर्कविहीन रहेका छन्।
सर्केगाड गाउँपालिका–७ रोडिकोट निवासी टंकप्रसाद काफ्लेका १३ वर्षीया छोरी लक्षुका काफ्ले र सिमकोट गाउँपालिका–७ डाँडाफयाको पाम्लाथुङ गाउँ निवासी संगीता शाही साउन १५ गतेदेखि घरबाटै सम्पर्कविहीन भएका हुन्। उनीहरु साथी हुन।
उनीहरु दुवै जना स्थानीय कोट माविमा कक्षा ८ मा अध्ययनरत थिए। साउन १५ गते दिउँसो धरबाट निस्केका उनीहरु सम्पर्कमा नआएको लक्षुकाका बुबा टंकप्रसादले जानकारी दिए। ‘घरबाट निस्किएको तीन दिन बितिसक्यो। अहिलेसम्म सम्पर्कमा आएकी छैनन्’, बुबा टंकप्रसादले भने।
साथै दुवै किशोरीका आमाबुबाले छोरी हराएको भन्दै खोजी गरी दिनका लागि जिल्ला प्रहरी कार्यालयमा आग्रह गरेका छन्। जिल्ला प्रहरी कार्यालय हुम्लाले भेटाउनु हुनेले नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय हुम्लाको १०० मा सम्पर्क गर्नका लागि आग्रह गरेको छ। रासस
प्रतिक्रिया