प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमविरुद्ध महिलाहरुले नौमती बाजा बजाएर विरोध गरेका छन्।
संसद विघटनको विरोध गर्दै नागरिक अगुवाहरुले गठन गरेको ‘प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलन’ ले बुधबार महिला नौमती बाजा समूहको नौमती बाजा एपिसोड तथा काब्यिक प्रतिरोध कार्यक्रम आयोजना गरेको हो। सो कार्यक्रममा महिला नागरिक अगुवाहरुले नौमती बाजा बजाउनुका साथै नृत्य प्रस्तुत गरेका थिए।
नागरिक समाजका अगुवाहरुले प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै केही दिन यता माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिरहेका छन्।
यसअघि शनिबार दिउँसो भएको विरोध प्रदर्शनमा सहभागीहरुले शंख बजाएर विरोध गरेका थिए।
नेपालको संविधानमाथि प्रहार भएकाले विरोध प्रदर्शन गर्नु परेको वृहत नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरुले बताएका छन्।
सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो कदम संसद विघटन मात्रै नभई संविधानमाथिकै आक्रमण भएको उनीहरुको भनाइ छ।
Shares
प्रतिक्रिया