ad ad

समाज


सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

सात लाख ३३ हजार भातीय रुपैयाँसहित दुई जना पक्राउ

नेपालखबर
पुस १४, २०७७ मंगलबार ११:४५,

सशस्त्र प्रहरी टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका–२ जटही स्थित सीमा ईलाकाबाट सात लाख ३३ हजार भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा जनकपुर उपमहानगरपालिका–४ बस्ने ५८ वर्षीया पुष्पदेवी ठाकुर र २९ वर्षीय अजितकुमार ठाकुर छन्।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित भारतीय रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो।

पक्राउ परेकाहरुलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ।

लागुऔषधसहित एक जना पक्राउ
यता, सिरहा जिल्लाको बरियारपट्टि गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका ११ बस्ने २७ वर्षीय उमेशकुमार साह छन्।

को १४ प २५२९ नम्बरको मोटरसाइकलमा सवार साहलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बरियारपट्टिबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डिप्लेक्स डिसी २ बोतल फेला परेपछि पक्राउ गरिएको हो।

एपीएफ टोलीले त्यसवेला निजले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ परेका निज साहलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बरियारपट्टि सिरहामा बुझाईएको छ।

चोरीपैठारीको सामान बरामद
एपीएफ टोलीले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–३ बाट ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ। वेवारिसे अवस्थामा रहेको उल्लेखित मूल्य बराबरको १२ वटा मोबाइल सेट र लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यानाथ बाहिनी मुख्याल कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

सालको गोलिया काठ बरामद
यसैगरी, कैलाली जिल्लाको घोडाघोडी नगरपालिका–६ स्थित उत्तरटोलबाट एपीएफ टोलीले करीब दुई लाख रुपैयाँ बराबरको सालको गोलिया काठ बरामद गरेको छ।

वेवारिसे अवस्थामा रहेको उक्त सालको गोलिया काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश बौनियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो। बरामद काठ सव डिभिजन वन कार्यालय कैलालीमा बुझाईएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .