ad ad

समाज


बेलायतमा कोरोना भाइरसको अर्काे नयाँ रूप, पहिलेको भन्दा ज्यादै खतरनाक

बेलायतमा कोरोना भाइरसको अर्काे नयाँ रूप, पहिलेको भन्दा ज्यादै खतरनाक

नेपालखबर
पुस ८, २०७७ बुधबार २३:१९,

बेलायतमा कोरोना भाइरसको अर्को नयाँ संस्करण फेला परेको छ, जुन अघिल्लो नयाँ संस्करणभन्दा बढी खतरनाक छ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले बुधबार दिएको जानकारीअनुसार पछिल्लो नयाँ भाइरसबाट दुई जना संक्रमित भेटिएका हुन्।

कोरोना भाइरसको यो नयाँ संस्करण दक्षिण अफ्रिकामा पनि फेला परेको बीबीसीले जनाएको छ।

बेलायतमा नयाँ कोरोना भाइरसबाट संक्रमित पाइएका ती २ व्यक्ति पनि दक्षिण अफ्रिकाको यात्रामा गएका थिए।

स्वास्थ्यमन्त्री म्याट ह्यान्ककका अनुसार दक्षिण अफ्रिकामा फेला परेको यो नयाँ संस्करण यसअघि बेलायतमा फेला परेको नयाँ संस्करणभन्दा बढी संक्रामक र रूप फेर्ने खालको देखिएको छ।

उनले भने, ‘यसको फैलावट निकै चिन्ताजनक छ।’

यसैकारण बेलायतले दक्षिण अफ्रिका यात्रामा प्रतिबन्ध लगाएको छ। साथै पछिल्लाे १५ दिनभित्र दक्षिण अफ्रिकाबाट फर्किएकालाई क्वारेन्टिनमा बस्न भनिएकाे छ।  

कोरोना भाइरसको यो नयाँ संस्करण दक्षिण अफ्रिकामा पनि गम्भीर चिन्ताको विषय बनेकाे छ।

दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मिखाइसले भने, 'यो नयाँ काेराेनाका कारण युवा र स्वस्थ मानिसहरू पनि बिरामी परेका छन्।'

दक्षिण अफ्रिकी वैज्ञानिकले पनि काेराेनाकाे याे नयाँ संस्करण 'धेरै छिटो' फैलिरहेको छ र देशका धेरै भागमा नराम्रो असर पारेको बताएका छन्। 

याे भाइरसबारे अध्ययन भइरहेको छ, तर हालसम्म प्राप्त जानकारीअनुसार यो कैयाैँ गुना छिटाे फैलिन्छ। 

यो नयाँ किसिमको कोरोनाले शरीरका कोशिकामा असर गर्ने वैज्ञानिकले बताएका छन्।

दक्षिण अफ्रिकाबाट यो अर्काे नयाँ कोरोना आइपुग्नुअघि बेलायतमै देखिएको कोरोना भाइरसको नयाँ संस्करणले विश्वभर चिन्ता बढिसकेको छ।

यसैकारण विभिन्न देशसँगै नेपालले पनि बुधबार मध्यरातिदेखि बेलायतबाट हुने उडानमा प्रतिबन्ध लगाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .