काभ्रेमा टिपर चालकसँग अवैध रुपमा रकम असुल्ने पाँचजना प्रहरी अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ।
मण्डनदेउपुर नगरपालिका हिगुवापाटी प्रहरी चौकीमा कार्यरत ट्राफिक प्रहरी जवान तेजप्रसाद भट्टराई, ट्राफिक प्रहरी कार्यालय बनेपाको पोष्टमा कार्यरत सिपाही हरिप्रसाद बाँनिया र हवल्दार रामहरी मानन्धरलाई २/२ हजार घुस टिपर चालकसँग लिदै गर्दा अक्तियारको टोलिले पक्राउ गरेको हो।
त्यस्तै पाँचखाल प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार भक्तबहादुर हायु र जवान ज्ञानबहादुर लाम्गाडेलाई पनि अरनिको राजमार्ग केराघारीबाट पक्राउ गरेको हो।
प्रहरीले टिपरसँग मासिक २ हजार असुल्ने क्रममा टिपर ब्यवसायीले चारवटा चेकपोस्टमा रकम बुझाउनु पर्ने बाध्यकारी बनाएको भन्दै अख्तियारमा परेको उजुरीका आधारमा टोलीले छापा मारेको बताएको छ।
Shares
प्रतिक्रिया