ad ad

समाज


आज विवाहपञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव

आज विवाहपञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव

शैलेन्द्र महतो
पुस ४, २०७७ शनिबार ३:८,

आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनइँदै छ।

प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ। त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको किम्बदन्ती छ गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंवर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ।

131670398 430439994748811 2710091869080916426 n

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तन सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर एतिहासिक बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंवर गरिन्छ। ढोल पिपही, सहनाई, बैण्डबाजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको विवाह गर्ने प्रचलन छ। डोलाको दर्शन र रामसीताको विवाह हेर्न बाह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घुइँचो लाग्ने गर्छ।

स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर परिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको काज सुरु हुन्छ। राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात मरबा बनाईएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई नवदुल्ही झै सिंगारिएको छ।

वैवाहिक कार्यक्रममा झाँकी किर्तन सहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना हुन्छ। जसको अवलोकनको लागि हजारौं दर्शनार्थीको जानकी मन्दिरमा घुइँचो लाग्ने गरेको छ।

वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छन्।

131816530 384235379331106 4664752727925320576 n

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौ दिन दिन मटकोर तथा पूजा कार्यक्रम सम्पन्न भईसकेको छ।

छैटौँ दिन आज सीतारामको विवाहको कार्यक्रम सम्पन्न भएपछि भोली रामकलेवा गरी जन्ती एवं साधुशन्तालाई विदाई गर्दै विधिवत रुपमा विवाह पञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .