महाभारतमा कौरव र पाण्डवबीच युद्ध भइरहेको थियो। युद्धको १०औं दिनमा अर्जुनले भीष्म पितामहलाई यति वाण हाने कि उनको शरीर छियाछिया भयो। भीष्मका लागि वाणकै शय्या बन्यो।
भीष्मलाई इच्छा-मृत्युको वरदान प्राप्त थियो। यसकारण त्यही बेला उनको मृत्यु भएन। भीष्मको साेच थियो- युद्ध अन्त्य भएपछि जब सूर्य उत्तरायण हुन्छ तब प्राण त्याग गर्छु।
भीष्मका लागि त्यो ठाउँमा अलग्गै शिविर बनाइएको थियो। कौरव र पाण्डप पक्षका मानिस उनलाई भेट्न दैनिक आउँथे। युद्धमा पाण्डवको जित भएको थियो। भीष्मलाई भेट्न आउने क्रममा पाण्डवले देखे- भीष्मका आँखाबाट आँशु बगिरहेको छ। त्यसपछि पाण्डवले सोधे, ‘तपाईंका आँखामा आँशु किन?’
भीष्मले भने, ‘तिमीहरूले जित्यौ, तर तिम्राे हातबाट तिम्रै भाइ पनि मारिए। मेरैअगाडि मेरो वंश नाश भयो। यसकारण मेरो मनमा ठूलो पीडा भइरहेको छ। म सोच्छु- जसको रथको कमान स्वयं भगवान् श्रीकृष्णको हातमा छ, जुन पाण्डवलाई श्रीकृष्णले हरतरहले संरक्षण दिए, तिनै पाण्डवको जीवन यति कष्टकर छ। यही सोचेर मैले आँशु बगाइरहेको हुँ। दुःख त सबैको जीवनमा आइरहन्छ तर त्यसलाई हामीले सशक्त ढंगले सामना गर्नुपर्छ। म अझै पनि आँशु बगाइरहेको छु, मेरो मन हल्का भइरहेको छ।’
सिख– हामी मनमा भारी बोकेर जीवन बिताउँछौं। जब मनमा कुनै बोझ महसुस हुन्छ र रुन मन लाग्छ तब रुनुपर्छ। आँशु बगाएपछि मन हल्का हुन्छ र बोझ हट्छ। एजेन्सी
प्रतिक्रिया