ad ad

समाज


चीनमा कोरोनाविरुद्धको खोप सर्वसाधारणका लागि खुला गरिँदै, यस्तो छ तयारी

चीनमा कोरोनाविरुद्धको खोप सर्वसाधारणका लागि खुला गरिँदै, यस्तो छ तयारी

नेपालखबर
पुस ४, २०७७ शनिबार ०:१२,

चीनले अबको केही साताभित्रै सर्वसाधारणलाई कोभिड-१९ विरुद्धको खोप लगाउने तयारी गरेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले केही साताभित्रै सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने जनाएका छन्। चिनियाँ राज्य सञ्चालित समाचार संस्थाका अनुसार चीनले दक्षिणपश्चिमी सिचुआन प्रान्तमा सर्वसाधारणको लागि आगामी नयाँ वर्षको सुरुदेखि नै कोभिडविरुद्धको खोप दिन थालिने छ। यद्यपि केन्द्र सरकारले भने यसबारे अझै आधिकारिक स्वीकृति दिइसकेको भने छैन।

चीनमा खोपको ‘आपतकालिन प्रयोग’ को लागि स्वीकृति प्राप्त भइसकेको छ। अधिकारीहरुका अनुसार पहिलो चरणमा कम्तिमा १० लाख नागरिकलाई खोप दिइने छ। सुरुमा उच्च जोखिममा रहेका चिकित्सक, सुरक्षाकर्मी, कर्मचारी तथा अन्तर्राष्ट्रिय विद्यार्थीलाई खोप लगाइने छ।

चीनले विकास गरेका कोरोनाविरुद्धका पाँच खोप परीक्षणको अन्तिम चरणमा छन्। अहिलेसम्म कुनै पनि खोपले प्रयोगका लागि आधिकारिक स्वीकृति प्राप्त गरिसकेको छैन। खोपको अन्तिम चरणको परीक्षणको परिणाम पनि प्रकाशित भइसकेको छैन।

सिचुआनका प्रान्तीय स्वास्थ्य अधिकारीले सञ्चारमाध्यमसँगको कुराकानीमा सिचुवानमा चिनियाँ नयाँ वर्षको अवसरमा हुने लामो बिदापछि फेब्रुवरीमा सर्वसाधारणको प्रयोगका लागि खोप खुला गरिने जानकारी दिए।

अहिले करिब एक लाख १८ हजार मात्रा खोप सिचुवान लगिएको छ। सबै उच्च जोखिम समूहहरूलाई फेब्रुअरी ५ सम्ममा खोप दिइसकिनेछ भने लगत्तै बाँकी नागरिकलाई पनि खोप कार्यक्रम अघि बढाइने योजना रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस गत वर्षको अन्तमा पहिलोपल्ट चीमा पत्ता लागेको थियो। चीनमा संक्रमण नियन्त्रित अवस्थामा छ। यद्यपी चीनमा पनि पटक पटक सङ्क्रमित देखिने गरेका छन्।

सिचुआनमा यही साता पनि कोभिड–१९का केही संक्रमण देखिएको छ। शुक्रबार पनि सिचुआनमा एक व्यक्तिलाई कोभिड–१९ भाइरस सङ्क्रमण भएको सरकारी अधिकारीहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .