ad ad

समाज


कोरोना संक्रमितको सम्पर्कमा आएपछि अमेरिकी विदेशमन्त्री क्वारेन्टिनमा

कोरोना संक्रमितको सम्पर्कमा आएपछि अमेरिकी विदेशमन्त्री क्वारेन्टिनमा

नेपालखबर
पुस २, २०७७ बिहिबार ७:४६,

कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उनी क्वारेन्टिनमा बस्न लागेको त्यहाँको विदेश मन्त्रालयले जनाएको छ।

बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ,‘विदेशमन्त्री पोम्पिओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ।’

ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन।

उनको तत्काल गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उनी क्वारेन्टाइनमा बस्नुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ।

पोम्पिओ चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेको पनि सो विज्ञप्तिमा जनाइएको छ। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .