ad ad

समाज


कोहलपुर नगरपालिकाभित्र रहेका गन्दर्भलाई बसोबासको व्यवस्था गरियो

कोहलपुर नगरपालिकाभित्र रहेका गन्दर्भलाई बसोबासको व्यवस्था गरियो

नेपालखबर
पुस २, २०७७ बिहिबार ६:९,

बाँकेको कोहलपुर नगरपालिकाभित्र रहेका गन्दर्भ समाजका मानिसहरुलाई बस्ने घरको व्यवस्था गरिएको छ।

नगरपालिका र तराई समृद्धि विकासको आर्थिक सहयोगमा स्थानीय उपभोक्ता समितिले घर निर्माणको काम गरीरहेका छन्।

पहिलो चरणमा २४ घर मध्ये १० घर निर्माण भई गन्दर्भ समुदायलाई हस्तान्तरण समेत भइसकेको छ।

नगरपालिकाको डुडुवा नहरको छेउमा रहेको गन्दर्भ बस्तिलाई नगरपालिकाकै वडा नं। ११ मा सारिएको छ। तराई समबृद्धि विकास र नगरपालिकाको सहयोगमा १ करोड २० लाख रुपैयाँ लगानीमा १० वटा घर बनाई गन्दर्भहरुलाई उपलब्ध गराएको छ।

दोस्रो चरणअन्तर्गत ९० लाख ५८ हजार रुपैयाँ ९० पैसा लागतमा थप १० घर निर्माण गर्न लागिएको नगरपालिकाका मेयर लुटबहादुर रावतले बताए।

सरकारले गन्दर्भ समाजका लागि घर बनाउन उपभोक्ता समितिलाई जिम्मेवारी दिएको छ । तर उपभोक्ता समितिले व्यवस्थित तरिकाले घर निर्माण नगरिदिंदा समस्या भएको गन्दर्भहरु बताउँछन्।

पहिलो चरणमा बनेका १० ओटा घरको शौचालयको स्याफ्टी ट्यांकी एउटै भएकाले समस्या भएको गुनासो उनीहरुको छ।

तरपनि घर नै नभएकाहरुका लागि सरकारले घर बनाइदिएपछि भने उनीहरु खुशी देखिन्छन्। समुदायका सबै परिवारले छिट्टै घर पाउने आशामा रहेको वीरबहादुर गन्दर्भले बताए।

आफ्नो आर्थिक अवस्थाका कारण बसोबासको राम्रो व्यवस्था गर्न नसकेको सन्दर्भमा यसरी घर बनाइदिने कार्यबाट उत्साह मिलेको कल्पना गन्दर्भले बताइन्।

अहिले गन्दर्भ समाजलाई घरको खाँचो भएकाले स्थानीय सरकारले घर बनाईदिएको छ। गन्दर्भहरु भने सरकारले घर बनाईदिएर मात्रै नपुग्ने बताउँछन्। आफूहरुलाई घरको लालपुर्जा समेत उपलब्ध गराई दिनु पर्ने दलबहादुर गन्दर्भले माग गरे।

बसोबासको समस्यामा रहेका स्थानीय गन्दर्भहरुले घर पाएपछि खुशी देखिन्छन्।

यस्तै उनीहरुले स्थानीय तहबाट सीपमुलक कार्यक्रम पाउन सके जीविकोपार्जनका लागि समेत सहज हुने बताउँछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .