ad ad

समाज


१७ वर्षीया किशोरीलाई जागीरको लोभ देखाएर सामूहिक बलात्कार, भक्तपुरबाट चार युवा पक्राउ

१७ वर्षीया किशोरीलाई जागीरको लोभ देखाएर सामूहिक बलात्कार, भक्तपुरबाट चार युवा पक्राउ

नेपालखबर
पुस २, २०७७ बिहिबार ३:५०,

भक्तपुरमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जागीर लगाइदिने प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा पुर्याएर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्। करणीमा संलग्न दुई र उनीहरुलाई सहयोग गर्ने दुई गरी चार युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

‘दुई युवाले किशोरीलाई जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुलेको छ’, डिएसपी गिरीले बिहीबार बिहान नेपालखबरसँग भने, ‘पक्राउ पर्ने अन्य दुई युवा रेष्टुरेन्टका कामदार हुन्। उनीहरुले जबर्जस्ती करणीमा सहयोग गरेको देखिन्छ।’

करणी आरोपमा पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँको म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

त्यसैगरी सोही रिसोर्टमा काम गर्ने काभ्रेको भुम्लु गाँउपालिका २ डटुवाका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवर पनि पक्राउ परेका छन्। उनीहरुले किशोरीलाई बलात्कार गर्न सहयोग पुर्याएको आरोप प्रहरीको छ।

प्रहरीका अनुसार उपाध्याय र कुँवरले रेष्टुरेन्टमा जागीर लगाइदिने भन्दै ललाइफकाइ किशोरीलाई गएको मंगलबार रिसोर्ट पुर्याएका थिए। किशोरी रिसोर्ट पुगेपछि अन्य दुई युवाले ढोका बन्द गरेर बलात्कारमा सहयोग गरेको पाइएका डिएसपी गिरीले बताए।

घटनापछि पीडित किशोरीले फुपुको रोहबरमा जबरजस्ती करणीको जाहेरी दिएकी हुन्। जाहेरीपछि प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरिक्षक शशीधर शर्माको नेतृत्वमा खटिएको टोलीले उक्त रेष्टुरेन्टमा चेकजाँच गर्दा तथ्य खुलेको प्रहरीले जनाएको छ।

दुवैलाई जबरजस्ती करणी कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .