भक्तपुरको गुन्डुमा एक १२ वर्षीय बालकले टाईको पासो लगाएर आत्महत्या गरेका छन्।
बुधबार साँझ ५ बजे ती बालकले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेका हुन्।
आत्महत्या गर्नेमा भक्तपुर सुर्यबिनायक नगरपालिका–७, गुण्डुमा बस्ने राजु खतिवडाको १२ वर्षीय छोरा सन्देश खतिवडा रहेको प्रहरीले जनाएको छ।
आफ्नै घरको दोस्रो तलामा टाईको पासो लगाएर झुण्डिरहेको अवस्थामा भेटेपछि बालकका बाबु राजुले पासो फुकाई मध्यपुर अस्पतालमा लगेका थिए। अस्पतालले उनलाई बेलुकी ६ बजे मृत घोषित गरेको थियो।
आत्महत्याको खबर पाउनासाथ महानगरीय प्रहरी वृत्त जगातीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले आवश्यक अनुसन्धान र पोस्टमार्टमपछि शव आफन्तको जिम्मा लगाएको छ।
बालकले के कारणले आत्महत्या गरेका हुन भन्नेबारेमा अहिलेसम्म केही खुल्न नसकेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया