ad ad

समाज


हुस्सुले ढाक्यो तराई, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍याे

हुस्सुले ढाक्यो तराई, काठमाडौंको तापक्रम ३ डिग्रीमा झर्‍याे

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १:०,

यतिबेला (मंगलबार बिहान) तराईका अधिकांश भाग हुस्सु/कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा याे देखिएकाे छ।

यसैगरी अहिले बिहान (साढे ६ बजे गरिएको मापन) काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन्।

‘यो यस वर्ष अहिलेसम्मकै कम तापक्रम (उपत्यकाका लागि) हो,’ माैसमविद् नगरकाेटीले नेपालखबरसँग भनिन्।

यसैकारण उपत्यकामा आज बिहान निकै चिसो महसुस भइरहेको छ।

पुनः पौने ९ बजे अर्काे अपडेट तापक्रम लिइने माैसमविद् नगरकाेटीले जानकारी दिइन्। त्यसलाई आजको न्यूनतम तापक्रम मानिनेछ।

माैसमविद् नगरकाेटीका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हुस्सु कुहिराे लागेकाे हाे। तराईका भने धेरैजसाे स्थानमा हुस्सु/कुहिराे लागेकाे छ। 

‘सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा हुस्सु अपराह्नसम्म लाग्ने देखिन्छ भने प्रदेश १ र २ मा भने बेलुकासम्मै यो नहट्ने सम्भावना छ,’ मौसमविद् नगरकोटीले भनिन्।

हाेसियारी अपनाउन आग्रह

हुस्सु/कुहिरो लागेका ठाउँमा पारदर्शिता कम (देख्न गाह्रो हुने) भई दुर्घटना हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– तराईका अधिकांश भूभाग तथा पहाडका केही भूभागमा बिहानीपख हुस्सु तथा कुहिरोका कारण वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .