हुम्लाको सर्केगाड स्वास्थ्यचौकीमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ।
बुधबार बिहान प्रसूतिका लागि सर्केगाड स्वास्थ्यचौकीमा भर्ना भएकी वडा नम्बर ४ साँयागाउँ निवासी २० वर्षीया अनरुपा टमटाको मृत्यु हो।
टमटालाई सुत्केरी व्यथा लागेपछि बुधबार बिहान ४ बजे प्रसूतिगृहमा ल्याइएको थियो।
तर, स्वास्थ्य चौकीमा उपकरण नहुँदा सुत्केरीलाई बचाउन नसकिएको स्वास्थ्यचौकी प्रमुख देवेन्द्रवीर मगियाले बताए।
मृतक टमटालाई बुधबार बिहानबाट एक्कासि सुत्केरी व्यथा लागेसँगै स्वास्थ्यचौकीमा पु¥याइएको थियो।
तर, बच्चा जन्माउन नसक्दा आमा र पेटभित्र रहेको बच्चा दुवैको मृत्यु भएको हो।
दुर्गम जिल्ला हुम्लाका प्रायः स्वास्थ्यचौकीमा सुत्केरी आमाका लागि औषधि, उपकरण नहुँदा अकालमै ज्यान गुमाउने गरेका छन्।
जिल्लाका महिलाले सानै उमेरमा विवाह गरेर छिटो बच्चा जन्माउँदा उनीहरुले ज्यान गुमाउने गरेका हुन्।
Shares
प्रतिक्रिया