ad ad

समाज


चीनमा नजरबन्दमा परेकी पत्नीलाई ३ वर्षकाे संघर्षपछि भेट्न पाउँदा...

चीनमा नजरबन्दमा परेकी पत्नीलाई ३ वर्षकाे संघर्षपछि भेट्न पाउँदा...

नेपालखबर
मंसिर २९, २०७७ सोमबार १:५८,

तीन वर्षको संघर्षपछि अस्ट्रेलियाका विगर मुसलमान समुदायका एक व्यक्ति चीनमा नजरबन्दमा रहेका आफ्ना पत्नी र छोरालाई भेट्न सफल भएका छन्।

शुक्रबार अस्ट्रेलियाली नागरिक सद्दाम अबुदुसालामुका लागि निकै खुसीको दिन थियो। किनकि ३ वर्षदेखि विछोडमा परेका पत्नी नादिला वुमाएर र ३ वर्षकी छोरा लुत्फीसँग उनले सिड्नीमा भेट गर्न पाए। कूटनीतिक सम्झौतापछि सद्दामको परिवारले चीन छाड्ने अनुमति पाएको हो।

saddambu1

वुमाएर पनि चीनको अल्पसंख्यक ‘विगर मुसलमान’ समुदायकी हुन्। उनका अनुसार उनी यसअघि घरमै नजरबन्दमा थिइन्। तीन वर्षपछि जब शुक्रबार सिड्नी एयरपोर्टमा पारिवारिक पुनर्मिलन भयो, तब सबैका निम्ति भावुक क्षण बन्यो। उनले यो सुन्दर क्षण क्यामेराका कैद गरी सधैंका लागि साँचेका छन्। यो नै सद्दामका लागि छोरो देख्ने पहिलो अवसर थियो। उनको छोरोको जनम सन् २०१७ मका भएको थियो।

तीन वर्षको विछोड कथा
सद्दाम एक दशकदेखि अस्ट्रेलियामा बसिरहेका थिए। सन् २०१६ मा उनी आफ्नी प्रमिका वुमाएरसँग बिहे गर्न चीन गए। त्यसपछि सन् २०१७ मा उनी अस्ट्रेलिया फर्किए। उनकी श्रीमती भने आफ्नो भिसा ९वैवाहिक भिसा० का लागि चीनमै रोकिइन्। त्यही वर्ष छोराको जन्म भयो। तर चीन सरकारले सद्दामलाई भिसा दिएन।

छोराको जन्म भएको केही समयपछि वुमाएरलाई हिरासतमा राखियो। दुई हप्तापछि उनी रिहा भइन्, तर उनको भिसा जफत गरियो र उनलाई घरमै नजरबन्दमा राखियो। उनलाई घर छाड्ने अनुमति दिइएन। पछिल्ला २ वर्षमा अस्ट्रेलिया सरकारले चीन सरकारसँग सद्दाम र उनकी पत्नी तथा छोराको रिहाइका लागि धेरैपटक अनुरोध गर्‍याे तर कुनै नतिजा निस्किएन। एकातर्फ सद्दाम अस्ट्रेलियन नागरिक भए पनि उनकी पत्नीसँग अस्ट्रेलियाली नागरिकता छैन। तर सद्दामको अनुरोधपछि उनका छोरालाई अस्ट्रेलियाली नागरिकता दिइयो।

चीनका अधिकारीले यस वर्षको फेब्रुअरीमा भनेका थिए- सद्दाम र वुमाएरको विवाह कानुनी हिसाबले मान्य छैन र वुमाएरले पनि चीनमै बस्ने इच्छा व्यक्त गरेकी छन्। चीनका एक अधिकारीले अस्ट्रेलियाली टीभी अन्तर्वार्तामा यसरी भनेपछि सद्दामले आफ्नी पत्नी र छोराको तस्बिर ट्विट गरे, जसमा वुमाएरको हातमा देखिएको कागजमा लेखिएको थियो- म जान चाहन्छु र आफ्ना पतिको साथमा बस्न चाहन्छु।

तर यसपछि पनि यो जोडीले ६ महिना कुर्नुपर्‍याे। उनका वकिल माइलक ब्रेडलीले बीबीसीसँग भने, ‘दुई-तीन महिनाअघि मलाई थाहा भयो कि उनले चीन छाड्न सक्नेछन्।’

नभन्दै सद्दाम शुक्रबार संघाई, हङकङ, ब्रिस्बेन हुँदै ४८ घण्टाको यात्रापछि सिड्नी आइपुगे र अस्ट्रेलियको विदेश विभाग, आफ्ना वकिल र सञ्चारमाध्यमलाई धन्यवाद दिए।

उनले भने, ‘मैले कहिले सोचेको थिइनँ कि यो दिन पनि आउनेछ र फेरि हाम्रो परिवार एक हुनेछ। मेरो सपना छ, हरेक विगर मुसलमान परिवार यसरी नै पुनर्मिलन हुन सकुन्।’ बीबीसीबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .