ad ad

समाज


भारतीय अनुसन्धानको दाबी : च्यवनप्रासले कोरोनासँग लड्ने शक्ति दिनेरहेछ

भारतीय अनुसन्धानको दाबी : च्यवनप्रासले कोरोनासँग लड्ने शक्ति दिनेरहेछ

नेपालखबर
मंसिर २६, २०७७ शुक्रबार ३:४३,

च्यवनप्रासमा रहेका ४१ औषधिले कोरोनासँग लड्न शक्ति दिने एक अनुसन्धानले दाबी गरेको छ।

भारतकाे वैज्ञानिक टोलीले च्यवनप्रासमा हुने चार तत्वले कोरोनाको संख्या बढ्न रोक्ने देखिएको दाबी गरेको हो।

कमाउँ विश्वविद्यालय र अल्मोडास्थित सोबनसिंह विश्वविद्यालयले गरेको संयुक्त अनुसन्धानले त्यस्तो तथ्य पत्ता लगाएको बताएका हुन्।

कुमाउँ विश्वविद्यालयका निर्देशक ललित तिवारीले च्यवनप्रासमा अमला, तुलसी, बेसार, गुर्जाे, दालचीनी, तेज पत्ता, ल्वाङ, इलाइँची, पुनर्नवा र अष्टवर्गजस्ता औषधीय चिज मिसाइन्छ। यस्ता ४१ थरिका औषधीय बोटविरुवामा अनुसन्धान गरिएको थियो।

ब्रिटेनको जर्नल टेलरमा प्रकाशित अनुसन्धानअनुसार त्यस क्रममा ती बिरुवामा शरीरमा कोरोनाको प्रजनन रोक्ने तत्व पाइएका हुन्। स्राेत : दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .