ad ad

समाज


आइतबार राति उल्कावर्षा, प्रतिघण्टा एक सय ५० वटासम्म देख्न सकिने

आइतबार राति उल्कावर्षा, प्रतिघण्टा एक सय ५० वटासम्म देख्न सकिने

नेपालखबर
मंसिर २५, २०७७ बिहिबार ५:५७,

यो वर्षको मिथुन उल्कावर्षा आइतबार राति उत्कर्ष पुग्दैछ।

मंसिर १९ देखि पुस २ गतेसम्म सक्रिय रहने मिथुन उल्कावर्षा आइतबार राति अत्याधिक हुने र सो समयमा प्रतिघन्टा १५० वटासम्म उल्का देख्न सकिने बताइएको छ।

यो उल्कावर्षा क्षुद्र ग्रह ‘३२०० फेथन’ले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थबाट बन्दछ।

क्षुद्र ग्रहले छाडेको कण र पदार्थहरु भएको स्थानमा पुग्दा ती कण तथा पदार्थ वायुमण्डलमा प्रवेश गरेपछि जल्छन्। पृथ्वीको सतहभन्दा ७० किलोमिटरमाथि जलेकाे कण तथा पदार्थ चम्किलो देखिन्छ, जसलाई उल्कापात भनिन्छ ।

उल्का वर्षको समयमा उल्काहरु मिथुन राशिबाट निस्किएजस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामाकरण गरिएको हो।

‘सर्वसाधारणले उल्कावर्षा आफ्नो घरबाट वा नजिकैको प्रकाश प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्दा बढी मात्रामा देख्न सकिन्छ’, नेपाल एस्टोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले भने, ‘चन्द्रमा पनि नहुँदा आकाश खुला हुने संभावना पनि छ, त्यसैले यसलाई वर्षकै उत्कृष्ट उल्कापातको अनुमान गरिएको छ।’

अवलोकनको लागि आइतबार राति ८ देखि सोमबार बिहान साढे ५ बजेसम्मको समय अनुकूल रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .