मोरङमा गोली हानेर एक शिक्षकको हत्या गरिएको छ।
मंगलबार बिहान मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको गोली हानी हत्या भएको हो।
श्रेष्ठ स्थानीय सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक रहेको प्रहरी जनाएको छ।
प्रदेश १ को प्रहरी कार्यालयका प्रवक्ता कविन्द्र कुमार कार्कीले शिक्षक हत्याको पुष्टि गरे।
‘एक शिक्षकको हत्या भएको खबर आएको छ’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता कार्कीले भने, ‘कसले हत्या गरेको हो भन्ने खुलेको छैन।’
उनले घटनास्थलमा प्रहरी टोली पुगिसकेको र अनुसन्धान अगाडि बढाएको जानकारी दिए।
स्थानीयहरुले विप्लव नेतृत्वको नेकपाका ५(६ जनाको समूहमा आएका कार्यकर्ताले मंगलबार बिहान सवा ६ बजेतिर घरबाट केही परको जंगललमा लगि गोली हानेर हत्या गरेको बताएका छन्।
प्रहरीले भने हत्यामा विप्लवका कार्यकर्ताको संलग्नता रहेको कुरा पुष्टि बाँकी रहेको बताएको छ।
‘अहिले सम्म आएको जानकारी अनुसार विप्लव समुहका कार्यकर्ताहरुले हत्या गरेको हुनसक्ने संभावना देखिन्छ, तर सो कुरा हाम्रो अनुसन्धानबाट पुष्टि हुन बाँकी छ,’ अर्का एक वरिष्ठ प्रहरी अधिकारीले नेपालखबरसँग भने।
प्रतिक्रिया