रुपन्देही बुटवलमा प्रहरीको गोली लागी एक युवा घाइते भएका छन्। आइतबार बिहान बुुटवलको न्युु कलश रेस्टुुरेन्टमा प्रहरीको गोली लागी काठमाडौंको वसन्तपुरका राकेश न्यौपाने घाइते भएका हुन्।
उनको घाँटीमा गोली लागेको र अवस्था गम्भीर रहेको रुपन्देहीका डीएसपी सत्यनारायण थापाले बताए। भैरहवा मेडिकल कलेजमा उनको उपचार भइरहेको छ।
गैंडाको खाग तस्करीमा संलग्न रहेको सूचनाका आधारमा दुई जना सादा पोसाकका प्रहरी होटलमा पुुगेका थिए। प्रहरीले चार जना बसेको १०५ नम्बरको कोठामा बाहिरबाट चुुकुल लगाएर थप टोली मगाएको थियो।
तर भित्रबाट होटल फोडेर भाग्न थालेपछि प्रहरीले गोली चलाएको डीएसपी थापाले नेपालखबरलाई बताए।
भक्तबहादुर थापा र कर्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेको छ। एक जना फरार छन्।
प्रतिक्रिया