ad ad

समाज


राष्ट्रपतिमा निर्वाचित बाइडेन भन्छन्ः कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिनेछैन

राष्ट्रपतिमा निर्वाचित बाइडेन भन्छन्ः कोरोनाविरुद्धको खोप लगाउन अनिवार्य गरिनेछैन

नेपालखबर
मंसिर २०, २०७७ शनिबार ६:०,

बीबीसीका अनुसार बाइडनले खोप उपलब्ध भएको अवस्थामा नागरिकहरूलाई त्यो लिन बाध्य नबनाइने बताएका छन्।

आफ्नो घरबाहेक बन्द कोठा भएका जुनसुकै स्थानमा मास्क लगाउन सेन्टर्स फर डीजिज कन्ट्रोल सीडीसीले पहिलो पटक आग्रह गरेपछि बाइडनले यस्तो बताएका हुन्।

सीडीसीले अमेरिका कोरोना भाइरसको उच्च दर रहने समयमा प्रवेश गरेकाले सतर्क रहन बताएको छ।

शुक्रबार अमेरिकामा २,५०० सङ्क्रमितको मृत्यु र झन्डै २,२५,००० जनामा सङ्क्रमण पुष्टि भएको छ।

अहिलेसम्म त्यहाँ १ करोड ४३ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भइसकेका छन्। त्यस्तै मृत्यु हुनेको कुल सङ्ख्या २ लाख ७९ हजार छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .