ad ad

समाज


नेपाल प्रहरीले गर्‍यो दुईजना एसपी र एक इन्स्पेक्टरको निलम्बन

नेपाल प्रहरीले गर्‍यो दुईजना एसपी र एक इन्स्पेक्टरको निलम्बन

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ८:५,

नेपाल प्रहरीले तीनजना प्रहरीलाई निलम्बन गरेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बिमल बस्नेत, महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) रामेश्वर प्रसाद यादव र ईलाका प्रहरी कार्यालय कपिलकोट सिन्धुलीमा कार्यरत प्रहरी निरीक्षक मेघराज प्रसाद चौरसियालाई निलम्बन गरिएको हो।

प्रहरी संगठनको छविमा आँच आउने एवं अन्य प्रहरी कर्मचारीहरुलाई असर पुर्‍याउने किसिमको कार्य गरेको बुझिन आई प्रारम्भिक छानबीन गर्दा आफूलाई सुम्पिएको जिम्मेवारी तथा दायित्व पूरा नगरेका कारण उनीहरुलाई निलम्बन गरिएको प्रहरी प्रवक्ता वसन्त कुँवरले बताए।

‘प्रदेश ट्राफिक कार्यालयमा कर्णालीमा रहँदा गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि दुई एसपी र एक इन्स्पेक्टरलाई निलम्बन गरेर छानबिन थालिएको हो’, नेपालखबरसँग प्रवक्ता कुँवरले भने।

प्रदेश ट्राफिक कार्यलयमा रहँदा आफू मातहतकै प्रहरी कार्यालयहरूबाट मासिक रूपमा पैसा उठाएको भन्दै उनीहरुविरुद्ध उजुरी परेको थियो।

उनीहरुलाई प्रहरी नियमावली, २०७१ विपरित आचरण व्यवहार तथा गैर व्यवसायिक कार्य गरेको पुष्टी हुन आएकोले निजहरु उपर थप जाँचबुझ एवं छानबिन गर्न प्रहरी नियमावली, २०७१ को नियम ११५ को (४) बमोजिम मंसिर १६ गतेको (सचिवस्तर) को निर्णयअनुसार बढीमा ६ महिनाको लागि निलम्बन गरिएको गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .