ad ad

समाज


कोरोना संक्रमणबाट बिहानै पाल्पामा दुई युवाको मृत्यु

कोरोना संक्रमणबाट बिहानै पाल्पामा दुई युवाको मृत्यु

नेपालखबर
मंसिर १७, २०७७ बुधबार ३:४६,

लुम्बिनी मेडिकल कलेज पाल्पामा कोरोना संक्रमणको कारण दुई युवाको मृत्यु भएको छ। पाल्पा र स्याङजाका एक–एकजना युवाको उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृत्यु हुनेमा पाल्पाको बगनासकाली गाउँपालिका १ का ३८ र स्याङजाको गल्याङ नगरपालिका ४ का ३९ वर्षीय पुरुष छन्। पाल्पा घर भएका पुरुष उपचारको लागि १२ मंसिरमा अस्पताल भर्ना भएका थिए।

स्याङजाका पुरुष भने १ मंसिरमै अस्पताल भर्ना भएका थिए। आइसियुमा राखेर उपचार गर्दा पनि उनीहरुलाई बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ। बुधबार २ जनाको ज्यान गएसँगै पाल्पामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .