गुल्मीको इस्मा गाउँपालिका ४ मा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ६ पुगेको छ।
शुक्रबार बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु१ज ११६६ नम्बरको जिप इस्मा –४ काे हुलनजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले जानकारी दिए।
‘इस्मा ४ दोहलीको हुल भन्ने ठाउँबाट तम्घासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जिप बिहान साढे सात बजे दुर्घटनामा परेको हो,’ एसपी श्रेष्ठले नेपालखबरसँग भने, ‘दुर्घटनापछि चालकलाई नियन्त्रणमा लिएका छौँ, उनी सकुशल छन्।’
दुर्घटना इस्मा गाउँपालिका ४ का ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय वसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र गुल्मीकै मालिका गाउँपालिका ५ का ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै र इस्मा–४ कै १९ वर्षीय फर्सुराम थापाकाे उपचारका लागि गुल्मी अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इस्मा प्रहरीचौकी इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए।
त्यस्तै दुर्घटनाका घाइते भएका इस्मा–४ कि २८ वर्षीया सरस्वती दर्लामी र २६ वर्षीय कमल धिताङको गुल्मी अस्पतालमा उपचार भइरहेको इन्चार्ज अधिकारीले जानकारी दिए।
उक्त जिपमा चालक र सहचालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया