ad ad

समाज


जनकपुरमा बाराकी महिला मृत भेटिइन्, श्रीमान् फरार

जनकपुरमा बाराकी महिला मृत भेटिइन्, श्रीमान् फरार

शैलेन्द्र महतो
मंसिर ११, २०७७ बिहिबार १२:४३,

जनकपुरमा एक महिला आफ्नै कोठामा मृत भेटिएकी छन्।

बाराको कलैया घर भई हाल धनुषाको जनकपुरधाम–७ मा बस्ने राजेश चौरासियाकी २२ वर्षीया श्रीमती रेखा चौरासिया मृत अवस्थामा फेला परेकी हुन्।

बेलाकुटुटीनजिकै सुरेश साहको घरमा डेरा गरी बस्ने रेखा बिहीबार बिहान आफ्नौ कोठमा मृत अवस्थामा फेला परेकी हुन्। बिहान ९ बजे सुतेकै बिस्तारामा कोल्टो परेको अवस्थामा मृत फेला परेकी रेखालाई कसैले हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ।

घटनास्थल र शवको प्रारम्भिक अनुसन्धानबाट रेखालाई हत्या गरेको जस्तो देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रबक्ता डीएसपी मकेन्द्र मिश्रले बताए ।

घटनापछि मृतक रेखाका श्रीमान राजेश फरार भएका छन्। रेखाको शवलाई अहिले पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। फरार पति राजेशको खोजी कार्य गरिहेको तथा घटना विषयमा थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .