ad ad

समाज


बैज्ञानिकहरु पहिलोपटक मुसाको क्यान्सर कोष मार्न सफल, यो उपचार पद्धति कोशेढुंगा सावित हुनसक्ने

बैज्ञानिकहरु पहिलोपटक मुसाको क्यान्सर कोष मार्न सफल, यो उपचार पद्धति कोशेढुंगा सावित हुनसक्ने

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ११:१९,

मुसामा गरिएको परीक्षणमा इजराइलको तेल अभिभ युनिभर्सिटीका वैज्ञानिकहरुले अझ परिस्कृत किमोथेरापी पद्धति पत्ता लगाएका हुन्।

यस उपचार पद्धतिले क्यान्सर कोषलाइृ मार्ने बताइएको छ। डिएनए सम्पादन गर्ने पद्धतिले क्यान्सरको कोष मार्न सकिएको बताइएको छ।

यस पद्धति मुसामा सफल भएको र अबको दुई वर्षभित्र यस पद्धतिले मानिसमा उपचार गर्न सकिने वैज्ञानिकहरुको भनाइ छ।

तेल अभिभ विश्व विद्यालयका प्राध्यापक तथा क्यान्सर विज्ञ दान पिरका अनुसार क्यान्सर उपचारको नयाँ पद्धतिको अन्य असरहरु छैनन्।

टाइम्स अफ इजराइलले दिएको जानकारी अनुसार यस पद्धतिबाट उपचार गरिएकामा क्यान्सर कोष फेरि सक्रिय नबन्ने बैज्ञानिकहरुले बताएका छन्।

तेल अभिभ युनिभर्सिटीसँगै न्युयोर्क युनिभर्सिटी र हाभार्ड मेडिकल स्कुलका वैज्ञानिकहरुले पनि यस अनुसन्धानमा सघाउ पुर्याएका छन्। यस क्यान्सर सम्बन्धी अनुसन्धान जर्न साइन्स एड्भान्सेसमा प्रकाशित छ। द इन्डिपिन्डेन्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .