ad ad

समाज


सीमा विवादः जाडोमा चिनियाँ सेनालाई पहिलोपटक तातो पानीको सुविधा

सीमा विवादः जाडोमा चिनियाँ सेनालाई पहिलोपटक तातो पानीको सुविधा

नेपालखबर
मंसिर १०, २०७७ बुधबार ८:१०,

तिब्बतको समतल क्षेत्र र सिनजियाङमा तैनाथ चिनियाँ सेनाले १३ वटा इनार खनेको र उक्त इनारको पानी तातो बनाउनलाई सोलर प्यानल जडान गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

४ हजारदेखि ५ हजार मिटरमाथि इनारहरु खनिएका छन्। पहिलोपटक चिनियाँ सेनाले सिमानामा तातो पानीको सुविधा प्राप्त गरेको बताइएको छ। यी सेनाहरुले जाडोमा तातो पानीले नै नुहाउनेछन्।

यस क्षेत्रको औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हो, जाडोमा यहाँको तापक्रम झनै तल झर्छ।

त्यसकारण २४ घण्टा नै तातो पानीको सुविधा पाएपछि सेनाहरुले ठूलो राहत महसुस गरेको बताइएको छ।

यसअघि सेनाहरुले खोलको पानी ट्यांकरमा बोकेर ल्याउँथे र त्यही पानी नुहाउन र पिउन प्रयोग गर्दथे।

China seen as preparing for winter Ladakh assault | Tibetan Review

सेनाहरुले महिनौं लगाएर यी इनारहरु खनेको बताइएको छ। प्रविधिका कारण सेनालाई यस्तो सुविधा प्रदान गर्न सकिएको पीएलए डेलीले जनाएको छ।

अहिले चिनियाँ सेनालाई सीमामा सफा खाने पानीको सुविधा पनि प्रदान गरेको बताइएको छ।

जाडो याम सुरु हुँदासमेत चिनियाँ र भारतीय सेना उच्च हिमाली क्षेत्रमा आफ्नो भूमि रक्षा गर्न अडिग बसिरहेका छन्।

सेनालाई खराब मौसम सुरु हुन लाग्दा पछाडि फर्काउनुको सट्टा दुवै देशले जाडोमा अत्यावश्यक सहयोग गरिरहेका छन्।

विवादित सीमा क्षेत्रको विषयलाई लिएर भारत र चीनबीच गत जुन महिनादेखि विवाद भइरहेको हो।

गलवान उपत्यकाको स्वामित्वको विषयमा जुन १५ मा दुवै देशका सेनाबीच झडप हुँदा २० भारतीय सेनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .