ad ad

समाज


कोरोनाको कारण काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा कमी, ज्यान गुमाउनेको संख्या पनि घट्यो

कोरोनाको कारण काठमाडौं उपत्यकामा सवारी दुर्घटनामा कमी, ज्यान गुमाउनेको संख्या पनि घट्यो

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ०:४०,

काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो।

आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनामा २५४ जनाको मृत्यु भएको थियो भने २४१ जना घाइते भएका थिए। आव २०७६/७७ मा भएको सवारी दुर्घटनामा १५२ ले ज्यान गुमाएका थिए भने ८५ जना घाइते भएका थिए।

चालू आवको अहिलेसम्म भने सवारी साधन दुर्घटनाबाट ५० जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । अघिल्लो वर्ष १० हजार सवारी साधन दुर्घटना भएकामा यो वर्षको अहिलेसम्म दुई हजार ६०० दुर्घटना भएको छ।

हालै सरुवा भएका महाशाखा प्रमुख भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनमा विभिन्न कार्यक्रम अपनाइएको र सडक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले दुर्घटनामा कमी आएको बताए। यसका साथै कोभिड–१९ का कारण पनि सवारी सञ्चालनमा कमी आउँदा दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको छ।

महाशाखाले दुर्घटना न्यून गर्न र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसंँग निरन्तर समन्वय गरी नयाँ नयाँ योजना सञ्चालन गरिएको जनाएको छ।

प्रविधिको प्रयोग गरिएको, तीव्र गति र लापरबाहीका साथ चलाउने, ओभरलोड बोक्ने, झल्लर र थप फोकस लाइट हाल्नेलाई कारबाही गरिएको, टिप्पर चलाउने समय निर्धारण गरिएकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको ढकालले बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .